इटहरी: एक युवतीलाई जबरजस्ती करणीको आरोप लागेका ट्राफिक प्रहरीका असईले ईलाका प्रहरी कार्यालय इटहरीमा आत्मसमर्पण गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सप्तरीको बोदेबसाइन नगरपालिका १ का ३९ बर्षीय जितेन्द्र मण्डलले प्रहरी समक्ष आत्मसर्पण गरेका हुन् । उनी हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय विर्तामोड झापामा कार्यरत थिए । उनलाई २३ बर्षीया एक युवतीले पटक पटक मितिमा जबरजस्ती करणी गरेको आरोप लगाउदै प्रहरीमा जाहेरी दिएकी थिइन् । ती युवतीले दिएको जाहेरी साउन ९ गते प्रहरीले दर्ता गरेको थियो । युवतीले पछिल्लो समय २०७७ चैत २८ गते रातीको समयमा इटहरीमा जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिइकी थिइन् ।
प्रहरीका अनुसार आरोपित असई मण्डलले हिजो ईलाका प्रहरी कार्यालय इटहरीमा आफै उपस्थित भएका हुन् । उनलाई आज मंगलबार जिल्ला अदालत सुनसरीबाट ७ दिनको म्याद थप पनि भएको छ । जबरजस्ती करणीको आरोपबारे थप अनुन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।