धरान: छिमेकीको मलामी गएकी धरान ५ तल्लो देउरालीकी ६० बर्षीया मनमाया आङ्वुहाङ लिम्वु चार दिनदेखि सम्पर्कविहिन भएकी छिन् ।
उनी छिमेकीमा मृत्यु भएपछि मलामी गएकी थिइन् । इटहरीस्थित वुढी खोलामा मलामी गएकी उनी त्यसपछि परिवारको सम्पर्कमा नआएको जेठा छोरा डम्बर लिम्बु (कालु)ले जानकारी दिए । उनका अनुसार मलामी गएको बेला बुढी खोलामा आमासँग भेट भएर कुराकानीसमेत भएको थियो । मलामी पुगेको १०-१५ मिनेटमा दिउँसो एक बजे तिर संगै गएको साथीहरुलाई 'म घर फर्के है' भनेर हिडे पनि अहिलेसम्म सम्पर्कमा नआएको परिवारको भनाई छ ।
मलामी गएको साँझसम्म घर नआएपछि परिवारले साथीभाइ र आफन्तकोमा खोजतलास गरेको थियो । परिवारले सुनसरी, मोरङ, झापा समेत पुगेर विभिन्न स्थानमा खोजी जारी राखेको जनाएको छ । यस्तै, प्रहरीमा पनि जानकारी गराइसकेको परिवारले जनाएको छ । आङवुहाङका श्रीमान मानवहादुर सेरेङ चोङवाङले श्रीमतिलाई भेटेमा ९८४४५५९३८९ मा फोन गरिदिन वा प्रहरीमा सम्पर्क गरिदिन आग्रह गरेका छन् ।