धरान: सप्तकोशी नदीको कोशी ब्यारेज पुलबाट हामफालेर असार र साउन महिनामा ६ जनाले आत्महत्या गर्ने प्रयास गरेका छन् । ती सबैलाई प्रहरीले उद्दार गरेर बचाउन सफल भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रहरीका अनुसार असार १ गते सुनसरीको गढी गाउँपालिका ६ का ७८ बर्षीय एक वृद्धले आत्महत्या गर्ने प्रयास गरेका थिए । यस्तै, असार २१ गते विराटनगर १० की ५५ बर्षीया महिलाले पनि हामफलेकी थिइन् । साउन ४ गते विराटनगर ३ पुष्पलाल चोकका ३५ बर्षीया एक महिलाले पनि ब्यारेज पुलबाट आत्महत्या प्रयास गरिन् ।

यसैगरि, साउन २० गते मधुवनी जयनगर चित्र गुप्त कोलोनी भारतका २५ बर्षीय एक युवाले पनि आत्महत्या प्रयास गरेको सुनसरी प्रहरीको भनाई छ । यस्तै, इटहरी ६ की ६५ बर्षीया वृद्धाले पनि साउन २४ गते आत्महत्या प्रयास गरेकी थिइन् भने काभ्रेपलाञ्चोक १३ की ४० बर्षीया महिलाले पनि आत्महत्या प्रयास गरेका थिए । उनीहरुलाई सबैलाई नदीबाट सकुशल उद्दार गरि आफन्तको जिम्मा लगाइएको सुनसरी प्रहरीले जानकारी दिएको छ ।