झापा: झापाको कनकाई नगरपालिकामा ८ महिनाकी छोरीसहित एक दम्पत्ति झुण्डिएको अवस्था फेला परेका छन् । 

कनकाई १ का ४० बर्षीय रविन विश्वकर्मा, २९ बर्षीया श्रीमति मुना र ८ महिनाकी छोरी रुविना मृत अवस्थामा फेला परेका हुन् । तीनै जना आफ्नै घरभित्र पाशो लगाएको अवस्थामा भेटिएको छ । आमा र छोरी एकै ठाउँमा छन् भने श्रीमान अलग्गै छन् । आमाले छोरीलाई छातीमा टासेको अवस्थामा देखिन्छ । 

मृतक रविन केही दिन पहिला काठमाण्डौ गएर फर्किएका थिए । उनलाई कोरोना पोजेटिभ देखिएपछि घर फर्किएको बताइएको छ । घटनाबारे प्रहरीले अनुसन्धान शुरु गरिसकेको ईलाका प्रहरी कार्यालय सुरुगाका प्रहरी नायब निरीक्षक मानबहादुर जिम्बाले जानकारी दिए ।