धरान: सुनसरीमा थप एक साताको लागि निषेधाज्ञा बढाइएको छ । 

जिल्ला प्रशासन कार्यालय सुनसरीले मंगलबार रातीदेखि लागु हुनेगरि भदौ १४ गते मध्यराती १२ बजेसम्म निषेधाज्ञा थप गरेको हो । डिसिसिएमसिको सिफारिश साथै जिल्लामा कोभिड १९ संक्रमणको अवस्था बिश्लेषण गर्दा निषेधाज्ञाको अवधि बढाउनुपर्ने देखिएको प्रशासनले जनाएको छ । 

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार निषेधाज्ञा अवज्ञा गर्नेलाई कोभिड १९ संकट व्यवस्थापन अध्यादेश, २०७८ अनुसार कारबाही गरिने जनाएका छन् । संक्रमण अझै बढ्न गएमा निषेधाज्ञाको व्यवस्थाहरुमा कुनै पनि बेला पुनरावलोकन गर्दै थप कडाई हुने पनि प्रअिज ढकालले बताए । 

cdo-notice 1