धरान: नेपाली कांग्रेस प्रदेशसभा निर्वाचनमा प्रदेशसभा सुनसरी १(१)मा अनिल श्रेष्ठ प्यानलको अग्रता रहेको छ । 

धरान ८ स्थित सभागृहमा २०० मत गणना हुँदा सभापतिमा अनिल श्रेष्ठले १५२ मत पाएका छन् छन् प्रतिस्पर्धी मदन ढकालले ४६ मत मात्र पाएका छन् । उपसभापतिमा श्रेष्ठ प्यानलकी झुमादेवी राईले १६३ र प्रदिप शाक्यले १२८ मत पाएका छन् भने ढकाल प्यानलका कुमार मोक्तानले ४४ र मनोज सुब्बाले ५१ मत पाएका छन् ।

यसैगरि सचिवमा श्रेष्ठ प्यानलका युवराज शंकरले १५६ र राजेन्द्र राईले १३९ मत पाएका छन् भने ढकाल प्यानलका राजेन्द्रकुमार राईले ४८ र सुनिल श्रेष्ठले ४८ मत पाएका छन् । साथै, सहसचिवमा श्रेष्ठ प्यानलका रमिता श्रेष्ठले १४४ र हरिप्रसाद ओझाले १२४ मत पाएका छन् भने ढकाल प्यानलका विष्णुमाया गुरुंगले ६१ र कमल प्रसाद भट्टराईले ४९ मत मात्र पाएका छन् । प्रदेशसभा सुनसरी १(१) ३६७ मत खसेको थियो ।