धरान: धरानबाट खसी चोरेर टेम्पोमा लैजादै गरेकाहरु ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरु मोरङ बेलबारी नगरपालिका ११ का १९ बर्षीय रोशन पराजुली, सुन्दर हरैचा नगरपालिका ७ का २९ बर्षीय डम्बर बहादुर मगर, इलाम माईजोगमाई गाउँपालिका ९ का २० बर्षीय विशाल गुरुङ र ताप्लेजुङ वाखो खोपातालका ३२ बर्षी विवेक तामाङ ...
धरान: धरानमा कोरोना संक्रमितहरुको कुल संख्या २५ जना पुगेको छ । ती मध्ये १८ जना विदेशबाट आएका हुन् भने अरु ७ जना धरानमा नै रहेकाहरु हुन् । संक्रमित २५ मध्ये १४ जना निको भएर घर फर्किएका छन् भने ११ जना उपचाररत छन् । धरानमा सबैभन्दा पहिला धरान १३, शिवाधाराकी एक महिलामा संक्रमण देखिएको थियो । उनलाई कसरी ...
धरान: प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेसहितको टोली शनिबार कटारी नगरपालिका १ कालीखोलास्थित ५७ बर्षीय तर्कबहादुर अधिकारी(खत्री)को घर पुगे, तर उनलाई घरमा भेटिएन । तर्कबहादुरलाई परिवारले घरदेखि करिब २ सय मिटर पर बाँसघारीमा बनाइएको खोरमा थुनेर राखेको रहेछ । मन्त्री घिमिरेसहितको टोली पुग्दा त ...
धरान: धरानको वडा नं ४ स्थित शिवजट्टा जाने बाटोमा पहिरो खसेको छ । शिवजट्टा मन्दिर र झरना जाने बाटोमा माथिबाट पहिरो खसेको हो । करिब पाँच दिनअघि गएको पहिरोले सेउती खोला नजिक कालीमाटीमा बाटो अवरुद्ध छ । शिवजट्टा झरना वा मन्दिर पुग्ने बाटोमा पहिरो खसेकोले अफ्ठयारो भइरहेको स्थानीय राजु राईले बताए । उनले ...
विराटनगर: श्रम कार्यालय विराटनगरका वरिष्ठ उपसचिव प्रेमप्रसाद सञ्जेलमाथि कुटपिट भएको छ । सञ्जेललाई श्रम कार्यालयकै कार्यालय सहयोगी २ महिलाले कुटपिट गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका एसपी सन्तोष खड्काले सञ्जेलमाथि कुटपिट भएको पुष्टि गर्दै कुटपिट हुनुको कारण यकिन नभएको बताए । ‘मलाई हातपात ...
क्वारेन्टिनमा बसेका व्यक्तिले आत्महत्या गरेका धेरै उदाहरण छन् । ७ असार २०७७ राति सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लाको छविस पाथीभेरा गाउँपालिका वडा नं ७ मझखोरी माध्यमिक विद्यालयमा रहेको क्वारेन्टिनमा एक ३० वर्षीय पुरुषले आत्महत्या गरेका थिए । तीन दिनअघि मात्रै भारतबाट फर्केर उनी स्थानीय उमेश बोहरा र ज ...
धरान: धरान उपमहानगरपालिका वडा नं ४ ले पोहोर साल गैरीगाउँ हुदै कालीमाटी बाटोको ट्रयाक खोल्यो । धरानको दुर्गम वडामा पर्ने ४ नम्बर वडामा बाटोको ट्रयाक खुल्दा खुशी छाउनु स्वभाविक थियो । तर, त्यही बाटोको कारण अहिले ३ घर विस्थापित हुने अवस्थामा पुगेको छ । कालीमाटीमा एउटा सानो खोल्सी थियो । त्यहाँबाट जरुव ...
धरान: सर्दु खोलाले धरान–चतरा सडकखण्डमा कटान गरेको छ । खोलाले धरान १७ स्थित धरान–चतरा सडकखण्डमा सर्दुमा नवनिर्मित पुल पारी पश्चिमतर्फको भागमा कटान गरेको हो । चतरा जाने बाटो कटान गरेपछि अहिले सवारीसाधनहरु निजी जग्गामा बाटो खोलेर आवतजावत गरिरहेका छन् । तर, बर्षा भएको बेला त्यहाँ हिलाम्य भए ...
विराटनगरः विराटनगर महानगरपालिकाले १४ दिनका लागि लकडाउन घाेषणा गरेकाे छ । काेराेना सँक्रमणकाे जाेखिम उच्च रहेकाे भन्दै यसलाइ नियन्त्रण गर्न लकडाउन मात्र विकल्प रहेकाे ठहर महानगरले गरेकाे उपमेयर इन्दिरा कार्कीले जानकारी दिइन् । नगरस्तीय सिसिएमसीकाे बैठक केहि बेर अघि मात्र सम्पन्न भएकाे छ । ...
इटहरीः लकडाउनकै बीचमा प्रहरीलाई केही गोप्य सुचना आइरहेका थिए । प्रहरीले ती सुचनालाई आधार मान्दै सम्भावित ठाउँमा नजर लगाए पनि लकडाउनले गर्दा पुर्ण ध्यान भने दिन सकेको थिएन । लकडाउनका कारण बढि समय भिडभाडयुक्त ठाउँमा ध्यान दिनुपर्ने अवस्थकै बीच साउन १३ गते प्रहरीलाई फरक नपर्ने सुचना आयो । इटहरीको विरा ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित