काठमाण्डौं: कोभिड १९ विरुद्धको १० लाख डोज खोप आज(बिहिबार) नेपाल आइपुग्ने भएको छ । भारत सरकारले अनुदानका रुपमा दिन लागेको खोप आज नेपाल आइपुग्ने भएको हो । हिजो बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त पत्रकार सम्मेलन गर्दै १० लाख ड ...
धरान: पित्तथैलीमा पत्थरी भएकी इटहरीकी ३१ बर्षीया दीपा राईको धरान १० स्थित विजयपुर हस्पिटलमा अप्रेसन भएको थियो । अप्रेसन पछि थप उपचारको क्रममा रहेकी उनको मृत्यु भएपछि मृतक परिवारले डाक्टरविरुद्ध प्रहरीमा जाहेरी दर्ता दिएका छन् । अप्रेसन पछि नै निरन्तर पेटभित्र रक्तस्राव भएको र उनको शल्यक्रियामै लापर ...
धरान: बेलायतबाट नेपाल आएका ३ जना व्यक्तिमा नयाँ प्रजातिको कोरोना भाइरस संक्रमण रहेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज प्रेश विज्ञप्ती जारी गर्दै बेलायतबाट फर्किएका ६ वटा नमुना मध्ये ३ जनामा नयाँ प्रजातिको भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो । विश्व स्वास्थ्य संगठनको सह ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मेडिकल असिफरहरु पनि आन्दोलनमा उत्रिएका छन् । आफुहरुले ८ औं तह अनुसारको तलब र कोभिड उपचारमा खटिदाको जोखिम भत्ता पनि नपाएको भन्दै मेडिकल असिफरहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले हिजो आइतबारदेखि नै प्रतिष्ठानका उपकुलपति कार्यालयअघि धर्ना दिइरहे ...
धरान: कोभिड १९ को महामारीको बेला पनि उपचार खटिएका स्वास्थ्यकर्मीहरुलाई जोखिम भत्ता नपाएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका जुनियर रेसिडेन्टहरु आन्दोलित भएका छन् । प्रतिष्ठानको जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीले नेपालमा कोभिड महामारी शुरु भएपछि उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुले अह ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको फ्याकल्टी(चिकित्सक शिक्षक)हरुमा विभाजित भएका छन् । प्रतिष्ठानमा निवार्चित भएको चिकित्सक तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजले सबै क्षेत्रका शिक्षकहरुलाई नसमेट नसकेको भन्दै डा.बि एन यादव संयोजक रहेको १४ सदस्यीय शिक्षक कल्याण समाज गठन भएको छ । न ...
धरान: धरानको मौषम आज चिसिएको छ । तराईमा शितलहर हुँदा धरानलाई भने हुस्सुले छोपेको छ । मौषम पुर्वानुमान महाशाखाका अनुसार आज देशभरको तराईका धेरै जसो स्थानहरुमा हुस्सु, कुहिरो लागेको अवस्था छ । धरान ८, तीनकुनेस्थित जल तथा मौषम विज्ञान कार्यालयका सहायक मौषमविद् ए.पि.औचासियाका अनुसार आज धरानको मौषम न्युन ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विभिन्न विभागीय प्रमुखहरु हेरफेर भएको छ । तीन बर्षको कार्यकाल पुरा भएका विभागीय प्रमुखहरु हेरफेर भएको प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानका सह-प्रवक्ता डा.चुडामणी पोखरेलले भने,‘कार्यकाल पुरा भएको विभागीय प्रमुखहरु परिवर्तन भएको हो ।’ ...
धरान: एक समय धरानमा कोरोना संक्रमण र मृत्यु दर निक्कै बढी थियो । संक्रमितहरुले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा आइसियु मात्र होइन, अक्सिजन बेड पाउन पनि समस्या थियो । पछिल्लो समय भने संक्रमण दर न्युन मात्रामा छ भने मृत्यु दर पनि शुन्यमा झरेको छ । धरान उपमहानगरपालिकाका स्वा ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र इन्टरनेट सेवामा देखिएको गुनासोहरु सम्बोधन गर्न कार्यदल गठन गरिएको छ । प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मीले इन्टरनेट सेवा सम्बन्धी सम्पुर्ण पक्षहरुको अध्ययन विश्लेषण गरि राय, सुझाव पेश गर्न ७ सदस्यीय कार्यदल गठन गरेका हुन् । कार्यदल ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित