धरान: जिल्ला प्रशासन कार्यालय सुनसरीले आज मध्यरातीदेखि जिल्लाभर बन्दाबन्दी अर्थात लकडाउनको आदेश जारी गरेको छ । डिसिसिएमसि बैठक पछि प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले आज राती(बैशाख २१ गते) १२ बजेदेखि बैशाख ३१ गते मध्यराती १२ बजेसम्मको लागि बन्दाबन्दीको आदेश जारी गरेका हुन् । यो अवधिमा औषधी, ...
धरान: सुनसरी जिल्लाभर बैशाख ३१ गतेसम्मको लागि निषेधाज्ञा थपिएको छ । आज जिल्ला प्रशासन कार्यालयमा बसेको डिसिसिएमसि बैठकले जिल्लामा कोरोना संक्रमणको दर तीब्ररुपमा वृद्धि हुदै गएको निष्कर्ष निकाल्दै निषेधाज्ञाको अवधि बैशाख ३१ गतेसम्मको लागि थप गर्ने निर्णय गरेको हो । यसअघि निषेधाज्ञाको अवधि बैशाख ...
धरान: धरानमा खानेपानीको उत्पादन वृद्धि गर्न सर्दु खोलाको मुहानमा मर्मत कार्य शुरु भएको छ । खानेपानीको चरम अभाव भोगी रहेको धरानबासीहरुलाई सहज एवं पर्याप्तरुपमा खानेपानी वितरण गर्नको लागि खानेपानी व्यवस्थापन बोर्डले पानीको स्रोत बढाउन सर्दुको मुहान मर्मत शुरु गरेको हो । मुहान मर्मत भइरहेको क्षेत् ...
धरान: कोरोना महामारीको दोस्रो लहर शुरु भएसँगै धरानमा पनि संक्रमणको दर बढ्दै गएको छ । सोमबार साँझ धरानमा थप ४४ जनामा संक्रमण पुष्टि भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ल्याबमा गरिएको पिसिआर परीक्षणमा ४६ जनाको रिपोर्ट पोजेटिभ आएको छ । ती मध्ये २ जनाको फ्लोअप परीक्षण गर्दा पु ...
विराटनगर: प्रदेश १ मा आज ६०७ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो चोबिस घण्टामा कुल १ हजार ३३० जनाको पीसीआर परीक्षण गरिएको थियो । परीक्षण गरिएका मध्ये २७७ महिला र ३३० पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगमा २८२, झापामा १५१, सुनसरीमा १०१, उदयपुरमा ११, ...
धरान: नगर क्षेत्रमा सक्रिय संक्रमितको संख्या २ सय नाघे पनि धरान उपमहानगरपालिकाका मेयर तिलक राईले प्रशासनले लागु गरेको निषेधाज्ञा पुर्णरुपमा पालना गर्न नगरबासीहरुलाई आह्वान गरेका छन् । आज साँझ एक अपिल जारी गर्दै मेयर राईले छिमेकी मुलुक भारत र नेपालमै पनि कोभिड १९ को महामारीले अकल्पनीय क्षति भइरहेकोले ...
धरान: जिल्ला प्रशासन कार्यालय सुनसरीले होटल तथा रेष्टुरेष्टहरु निषेधाज्ञाको बेला बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म खोल्न पाउने निर्णय सच्याउदै नयाँ नियम लागु गरेको छ ।आज बसेको डिसिसिएमसि बैठकले यसअघिको निर्णयको अपव्यख्या गरिएको भन्दै अबदेखि राजमार्ग छेउछाउमा रहेका यात्रुलाई खाना खुवाउने रेष्टुरेष्ट म ...
धरान: प्रहरीले धरानमा निषेधाज्ञालाई कडाईका साथ लागु गर्न थालेको छ । बिशेष गरि सवारीसाधनमा जोर विजोर प्रणाली लागु गर्न प्रहरीले कडाई गरेको हो । आज बिहान डेढ सयभन्दा बढी जोर नम्बरको मोटरसाइकल तथा साना सवारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । आज विजोर गते (१९ गते) भएकोले अन्तिम विजोर नम्बर भए ...
धरान: तीन दिनको अन्तरालमा कोरोना संक्रमणले एकै परिवारका दुई जनाको मृत्यु भएपछि सुनसरी सदरमुकाम इनरुवाको महेन्द्र चोकलाई सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले संक्रमणको रोकथाम र नियन्त्रणको लागि महेन्द्र चोक सिल गरिएको जनाएको छ । एकै घरको आमा र छोराको तीन दिनको अन्तरालमा संक्रमणबाट मृत ...
धरान: जिल्ला प्रशासन कार्यालय सुनसरीले एक साताको लागि जारी गरेको निषेधाज्ञाको पहिलो दिन शनिबार धरानमा निजी तथा सार्वजनिक सवारी साधनलाई सञ्चालनमा कडाई गरिएको छ । प्रशासनले जिल्लाभर सवारी साधनहरु सञ्चालनको लागि जोर विजोर प्रणाली लागु गरेको छ भने स्वास्थ्य मापदण्ड पुर्णरुपमा अपनाएको हुनुपर्ने जनाए ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित