धरान: कोरोना भाइरस(कोभिड १९)को संक्रमण फैलन नदिन धरानको वडा नं १४, विजयपुरस्थित प्रमुख धार्मिकस्थलहरु भोली मंगलबारदेखि बन्द हुने भएको छ । सर्वसाधारण भक्तजनहरुको स्वास्थ्यप्रति सजग रहदै विजयपुरको प्रमुख मन्दिरका पुजारी र व्यवस्थापन समितिका पदाधिकारीसहितको बैठकले आज यस्तो निर्णय गरेको हो । यो नि ...
धरान: कोरोना भाइरस(कोभिड १९)को संक्रमण फैलन नदिन आजदेखि लामो दुरीका सवारीसाधनहरु बन्द भएका छन् । एउटा जिल्लाबाट अर्को जिल्लामा चल्ने सवारीसाधनहरुमा सरकारले रोक लगाएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधनको क्रममा चैन १० गतेदेखि केही अवधिको लागि यस्तो घोषणा गरेका थिए । लामो दुरीको यातायातको स ...
काठमाडौं: कोरोना भाइरसको संक्रमण भित्रिन नदिन नेपाल सरकारले भारत र चीनतर्फका सबै सीमा नाका बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रीपरिषद बैठकले एक सातासम्मको लागि दुवै छिमेकी देशको सबै नाका बन्द गर्ने निर्णय गरेको हो । यो निर्णय सोमबार विहान १० बजेबाट लागु हुने बताइएको छ । चीनबाट कोरोना शुर ...
विराटनगर:प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मोरङ्गको टाँडीमा निर्माण भएको क्वारेन्टाईनको स्थलगत निरीक्षण गरेका छन् । आज आइतबार क्वारेन्टाईनस्थल पुगेर मुख्यमन्त्री राईले निरीक्षण गरेका हुन् । प्रदेश सरकार र नेपाली सेनाको सहकार्यमा टाँडीमा दुई सय वेडको क्वारेन्टाईन केही दिन अगाडि निर्माण भएको थि ...
धरान: धरान उपमहानगरपालिकाको कर तथा राजश्वको दरहरु पुनरावलोकन गर्न गठित कार्यदलले प्रतिवेदन बुझाएको छ । कार्यदलले बुझाएको प्रतिवेदनको सुझाव अनुसार केही शिर्षकको दस्तुरहरु समायोजन गरिएको छ भने अन्य कर तथा शुल्कहरु आगामी आर्थिक बर्षमा सरोकारवाला पक्षहरुसँग समयमा नै छलफल गरेर सहमतिको आधारमा दर निर्धारण ...
धरान: कोरोना भाइरस(कोभिड १९) फैलन नदिन धरान उपमहानगरपालिकाले पनि अत्यावश्यकबाहेकको सम्पुर्ण सेवाहरु बन्द गरेको छ । चैत ९ गतेदेखि २१ गतेसम्मलाई अत्यावश्यकबाहेकका सेवाहरु बन्द गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधनको क्रममा घोषणा गरेकोले धरान उपमहानरले पनि आफ्ना सेवाहरु बन्द गर्ने निर्णय गरेको ...
धरान(डेस्क): कोरोना भाइरस(कोभिड १९) को संक्रमणबाट जोगिन उति उपयोगी हुने मास्क बजारमा चरम अभाव छ । यस्तै, सेनिटाइजर पनि पाइदैन । यही मौकामा व्यापारीहरुले भने कालोबजारी गरिरहेका छन् । आइतबार प्रदेश राजधानी विराटनगरमा अनुगमनको क्रममा हजारौं संख्यामा सर्जिकल मास्क लुकाइएको भेटिएको छ । विराटनगरको श्री स ...
धरान: प्रदेश नम्बर १ को प्रमुख ५ वटा नाकाबाहेक सबै नाकाहरुबाट आवतजावत बन्द गर्ने निर्णय गरिएको छ । आज मुख्यमन्त्री शेरधन राईसहित बसेको प्रदेश सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले भारतसँगको प्रमुख नाकाहरु जोगवनी, झापाको काकडभिट्टा र गौरीगञ्ज, इलामको पशुपतिनगर र सुनसरीको भन्टावारीबाह ...
धरान: कोरोना भाइरस(कोभिड १९) संक्रमण रोकथाम गर्न पुर्वतयारी अवस्थामा रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले आफ्ना सबै स्वास्थ्यकर्मीहरुलाई विदामा बस्न रोक लगाएको छ । नेपालमा अहिलेसम्म कोरोनाको संक्रमण नदेखिए पनि विश्वभर नै संक्रमण फैलिएर संकट निम्त्याइरहेकोले पुर्वतयारी अवस्थामा रहन ...
धरान: आजदेखि नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडानहरु बन्द भएका छन् । कोरोना भइरस(कोभिड १९) को संक्रमण भित्रिन नदिन आज(चैत ९ गते) देखि १८ गतेसम्मको लागि सबै अन्र्तराष्ट्रिय उडानहरु स्थगित गरिएको हो । आज आइतबार राति ११ बजेर ५९ मिनेटपछि कुनै पनि एयरलाइन्सले यात्रु बोकेर नेपाल आउन पाउने छैनन् । ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित