काठमाडौं: जिल्ला अदालत काठमाण्डौंबाट सफाई पाएको केही समय पछि नै पुर्वसभामुख कृष्णबहादुर महरा थुनामुक्त भएका छन् ।
अदालतले आजै महरालाई बलात्कार प्रयासको मुद्दामा सफाई दिएको थियो । अदालतबाट सफाई पाएपछि उनी डिल्लीबजार कारागारबाट बाहिरिएका छन् । उनलाई स्वागत गर्न नेकपाका कार्यकर्ताहरु पुगेका थिए भने कारागारमा रहेका पूर्व आइजिपी रमेशचन्द ठकुरी, सशस्त्रका पूर्वडीआईजी रञ्जन कोइराला लगायतले माला लगाएर विदाइ गरेका थिए । कारागारबाट बाहिरिए पछि महरा निजी कार चढेर घरतर्फ गएका थिए । उनलाई आजै न्यायाधिश अमरराज पौडेलको एकल इजलासले निदोर्ष ठहर गरेको थियो ।