मोरङ: मोरङको सुन्दरहरैचा भर्जना पुलस्थित एक घरमा डेराबाट प्रहरीले ब्राउन सुगरसहित ४ जनालाई पक्राउ गरेकोछ ।
प्रहरीले नर बहादुर दर्जीको कोठाबाट ४ ग्राम ६६० मिलिग्राम ब्राउन सुगरसहित ४ जना पक्राउ गरेको हो । प्रहरीले दर्जीसहित सोही स्थानका आषिस ढकाल, आषिस मगर र रुपेश तामाङलाई पक्राउ गरेको जनाएको छ । बिशेष सुराकीको आधारमा हिजो साझ सँवा ७ बजे ईलाका प्रहरी कार्यालय बेलबारीको गस्ती टोलीले उनीहरुलाई दर्जीको कोठामा पक्राउ गरेको हो ।
यसैगरी, झापाको काँकरभिट्टा सिमाढाँट एरियाबाट २ ग्राम ब्राउनसुगरसहित २ जना पक्राउ परेका छन् । हिजो अपरान्ह साँढे ३ बजे भारतको पानीट्यांकीबाट मे ११ प ६२८६ नम्बरको स्कुटरमा आईरहेका दुई जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा स्कुटर चालक बिर्तामोड ६ बस्ने १९ बर्षीय मनिश लिम्बु र पछाडि सवार ताप्लेजुङ मिक्वाखोला ७ का २४ बर्षीय मुकेश थलाङ रहेका छन् । ईलाका प्रहरी कार्यालय काँकरभिट्टाका अनुसार पक्राउ परेकाहरुलाई सम्बन्धीत कार्यालयमा राखी कानुनी कारबाही भईरहेको छ ।