इटहरीः प्रदेश एकका विभिन्न स्थानमा ३ सय ८२ ट्राफिक प्रहरी पछिल्लो सरकारको निर्णय कार्यान्वयन गराउन सडकमा खटिएका छन् । सरकारले एक साताका लागि सिंगो मुलुक लकडाउन गर्ने घोषणा गरेसँगै बिदामा रहेका प्रहरीसमेत कार्यक्षेत्रमा पुनः खटिएका छन् ।

 सामान्य माक्सको भरमा सडकमा खटिएका ट्राफिकलाई अत्याधुनिक सुरक्षाको (सर्जिकल उपकरण ) कुुनै व्यवस्था छैन । सामान्य मास्क र पन्जाको भरमा सडकमा खटिएका प्रहरीको मनोवल उच्च राख्ने प्रयास भने विभागले गरिरहेको प्रदेश एक ट्राफिक प्रहरी प्रमुख एसपी भिम दाहालले जानकारी दिए । अन्य सुरक्षाकर्मीको अवस्था पनि उस्तै छ । लकडाउनलाई पुर्णरुपमा कार्यान्वयन गराउन दशैभर जनपद र सशस्त्र प्रहरी परिचालन गरिएको छ । लकडाउन उल्लंघन गर्ने क्रम पनि बढेसँगै सुरक्षाकर्मीहरुको संख्या पनि बढाएर परिचालन गरिएको हो । जोखिमपुर्ण अवस्थामा सर्वसाधारणहरुलाई घरबाट बाहिर निस्कन नदिई प्रहरीहरु भने बाहिर सडकमै छन् । चौबिसै घण्टा उनीहरु लकडाउनलाई पालना गराउन सक्रियतापुर्वक खटिएका छन् ।

IMG_9588.psd 1

दाहालका अनुसार विहानैदेखि सडकमा खटिएका ट्रफिकको डिउटी सामान्य अवस्थाको जस्तो छैन । उस्तै परे १२ घण्टासम्म खट्ने मानसिकताका साथ काममा खटिएका अधिकारीको स्वास्थ्य जाँचलाई भने उच्च प्राथमिकतामा राखिएको छ । विहानैदेखि सवारीको नियमन र रोक लगाउन सडकमा खटिएका ट्राफिक यात्रुु तथा सावरी चालकको प्रत्यक्ष सम्पर्कमा पुुग्नुुपर्ने हुन्छ । जसका कारण सरुवा रोगको उच्च जोखिममा हुने ट्राफिक आँफै असुरक्षित हुने अवस्था छ । यसका लागि राज्यले छुुट्नै कुुनै व्यवस्था भने गरेको छैन ।

अत्यावश्यक सेवामा खटिने यस्ता सुरक्षा तथा स्वास्थय सेवाका अधिकारीका लागि भनेर सरकारले स्पष्ट व्यवस्था नगरेपनि सेवामा तल्लिन हुन राज्यलाई पुर्याउने सेवाको भावना नै भएको एसपी दाहाल स्वीकार्छन् । दाहालका अनुसार सेवा क्षेत्रमा खटिएका सबै प्रहरीलाई सामान्य स्वास्थ्य सचेतनाका सम्पुर्ण उपाय सिकाईएको छ । जस्तैः यात्रुुसँग कसरी बोल्ने, चालकसँग कसरी व्यवहार प्रस्तुत गर्ने र कति दुरी कायम गरेर आफ्नो कारवाही प्रक्रिया अघि बढाउने भन्ने बारेको सम्पुुर्ण जानकारी उनीहरुलाई हरेक दिन विहान डिउटीमा जानुुपूर्व दिने गरिएको छ । त्यस्तै कार्यालय परिसरमा प्रवेश गर्दा र बाहिर निस्कदासमेत राम्रोसँग सावुनपानीले हातधुने व्यवस्था मिलाइएको छ । 

अन्य सुरक्षाकर्मीको अवस्था पनि उस्तै छ । लकडाउनलाई पुर्णरुपमा कार्यान्वयन गराउन दशैभर जनपद र सशस्त्र प्रहरी परिचालन गरिएको छ । लकडाउन उल्लंघन गर्ने क्रम पनि बढेसँगै सुरक्षाकर्मीहरुको संख्या पनि बढाएर परिचालन गरिएको हो । जोखिमपुर्ण अवस्थामा सर्वसाधारणहरुलाई घरबाट बाहिर निस्कन नदिई प्रहरीहरु भने बाहिर सडकमै छन् । चौबिसै घण्टा उनीहरु लकडाउनलाई पालना गराउन सक्रियतापुर्वक खटिएका छन् ।