काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीको मुटुमा केही समस्या भएपछि राती नै अस्पताल भर्ना गरिएको छ ।
उनलाई बिहीबार राति मुटुमा केही समस्या भएपछि त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो । प्रधानमन्त्रीकी निजी चिकित्सक प्रा.डा. दिव्यसिंह शाहले मुटुको चाल केही बढेको देखिएपछि राति नै अस्पताल लगिएको जानकारी दिइन् ।
प्रधानमन्त्रीलाई हाल अब्जर्भेसनमा राखिएको छ भने स्वास्थ्य अवस्था सामान्य छ। कोरोनाको प्रकोप भएको बेलामा जोखिम नहोस् भनेर मात्रै अस्पताल ल्याइएको पनि डा.सिंहले जानकारी दिइन् । फागुन २१ गते ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएको थियो भने फागुन ३० मा अस्पतालबाट डिस्चार्ज भएका थिए।