धरान:वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पछिल्लो १८ वटा स्वाब परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएको छ ।

प्रतिष्ठान र प्रदेशको विभिन्न अस्पतालमा अहिलेसम्म कुल ८३ वटा स्वाबको रिपोर्ट नेगेटिभ आएको सहप्रवक्ता डा.अशोक ऐरले जानकारी दिए । उनका अनुसार थप ४० वटा स्वाब संकलन भएको छ । त्यसको रिपोर्ट आउन बाँकी छ ।

प्रदेश एकको वीपी प्रतिष्ठानमा मात्र कोरोना परीक्षण भइरहेको छ । यहाँ प्रदेश एकबाहेक २ नम्बर प्रदेशका केही जिल्लाबाट पनि कोरोना परीक्षणको लागि स्वाब संकलन गरेर ल्याइने गरिएको छ । शुरुवाती दिनमा एक पटकमा १२ वटा स्वाबको नमुना मात्र परिक्षण हुदै आएको थियो । दुई दिनयता भने प्रतिष्ठानको माइक्रोवायोलोजी विभागले संख्या बढाउदै लगेको छ ।