धरान: धरान लायन्स फुड वैंकले धरान १ छाताचोकस्थित धरान पुर्नस्थापना गृहलाई खाद्यन्न सामग्री प्रदान गरेको छ ।
लकडाउनका कारण पुनस्थापना गृहमा खाद्यन्न अभाव भएको जानकारी आएपछि लायन्स फुड वैंक मार्फत खाद्यन्न उपलव्ध गराएको डिस्ट्रिक क्याविनेट ट्रेजरर धिरज गुरुङ्गले जानकारी दिए । फुड वैंकले करिव १० हजार बराबरको २० केजी चामल, ५० केजी आलु, ५ केजी टमाटर, १० केजी चनामटर, १० केजी ब्रोकाउली, सावुन र मास्क प्रदान गरेको उनले जानकारी दिए ।
लकडाउनको कारण खाद्यान्न अभाव हुन थालेपछि सहयोगको लागि धरानभरिका ८ वटा लायन्स क्लबहरु मिलेर लायन्स फुड वैंकको स्थापना गरेको ट्रेजरर गुरुङ्गले जनाए । लायन्स फुड वैंकले यस अघि धरान उपमहानगरपालिका फुड वैंकलाई पनि करिव ४३ हजार रुपैया वरावरको एक हजार केजि चामल उपलव्ध गराइसकेको छ ।
धरान पुनस्थापना गृहमा हाल २७ जना सहाराविहिन व्यक्तिहरु बस्दै आइरहेका छन् । लकडानउनका कारण उनीहरुलाई दैनिक खाना खुवाउन समस्या परेको पुर्नस्थापनमा गृहका संचालक भीम राईले बताए । लकडाउन वढ्दै गएपछि स्टक खाद्यान्नहरु सकिदै गएर समस्या बढ्न थालेको उनले बताए ।