धरान: नेपालमा थप एक जनालाई कोरोना पोजेटिभ भएको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित व्यक्ति ६५ बर्षीय छन् । उनी उदयपुरको भुल्केस्थित मस्जिदमा बसेका बसेका भारतीय नागरिक भएको बताइएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ ।ती मध्ये १३ जना प्रदेशमा भेटिएका हुन्। विराटनगरको कोशी अञ्चल अस्पतालको ल्याबमा परीक्षण गर्दा संक्रमण देखिएको बताइएको छ ।
हिजो शुक्रबार पनि सोही मस्जिदका ११ जना भारतीय र एक जना नेपालीमा कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि उनीहरुसहित १६ जनालाई विराटनगर लगिएको थियो । संक्रमित १२ जनालाई कोरोना अस्पतालमा राखिएको थियो भने ४ जनालाई टाँडी क्वारेन्टाइनमा पठाइएको थियो ।