इटहरी: इटहरीस्थित जनता क्याम्पसको क्वारेण्टाइनमा रहेका सबैको र्यापिड डायग्नोष्टिक टेष्ट(आरडिटि) परीक्षण गरिएको छ ।
क्वारेन्टाइनमा रहेका सबै ५८ जनाको नै आरडिटी परीक्षण गरिएको हो । सबैको परीक्षण रिपोर्ट नेगेटिभ रहेको इटहरी अस्पताल इर्मजेन्सी इन्र्चाज रामकुमार धमलाले जानकारी दिए । इटहरी क्वारेण्टाइनमा ३६ जना भारतीय नागरिक छन् । इटहरी उपमहानगरले जनता क्याम्पसमा सय वेडको क्वारेण्टाइन बनाएको छ ।