धरान: उदयपुरमा एक जनाको कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३३ बर्षीय पुरुषमा कोरोना भएको पुष्टि गरेको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३२ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यसअघि कोरोना पुष्टि भएकाहरुको सम्पर्कमा रहेका व्यक्तिहरुको स्वाब परीक्षण गर्दा एक जनामा कारोना संक्रमण भएको पुष्टि गरे । ती व्यक्तिको स्वाबको परीक्षण काठमाण्डौंमा गरिएको हो ।
अन्य ८ जनाको पनि विराटनगरमा स्वाब परीक्षण गर्दा पोजेटिभ आएकोले वीपी प्रतिष्ठानमा पुनः परीक्षण हुदैछ । ती ८ जना व्यक्तिहरुलाई उदयपुरको भुल्केबाट वीपी ल्याइएको छ । उनीहरुको पुनः स्वाब लिइएको छ । यसअघि त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा रहेका १३ जनामा कोरोना पुष्टि भएको थियो । उनीहरुको कोभिड अस्पतालमा उपचार भइरहेको छ ।