धरान: धराने लायन्स क्लवहरु र नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान उपमहानगर कमिटिको सहकार्यमा यतायात मजदुरहरुलाई वुधवार राहत वितरण गरेको छ ।
लकडाउनका कारण समस्यामा परेका अति विपन्न ६० मजदुर परिवारलाई होटल सन्ध्या इनमा राहत वितरण गरिएको हो । उनीहरुलाई १० केजी चामल, १ केजी दाल र १ लिटर तेल राहत स्वरुप प्रदान गरिएको हो । राहत सामग्री धराने लायन्स क्लवहरुद्धारा स्थापना गरेको लायन्स फुड वैंकले उपलव्ध गराएको थियो । कोरोना भाइरसको महामारीको कारण समस्यामा परेकाहरुलाई राहत उपलव्ध गराउन धरान भरिका ८ वटा लायन्स क्लवहरु मिलेर लायन्स फुड वैंक स्थापना गरिएको ड्रिस्टिक ३२५ ए वान ड्रिस्टिक क्याविनेट कोषाध्यक्ष धिरज गुरुङ्गले जानकारी दिए ।
फुड वैंकमा दन्तकाली धरान लायन्स क्लव, धरान विजयपुर, धरान वुढासुव्वा, भेडेटार पाथिभरा, धरान क्यालिवर, धरान पञ्चकन्या, धरान विजयपुर युनाइटेड र धरान जुम्वा लायन्स क्लव सहभागी रहेको छ । फुड वैंकले धरान उपमहानगरपालिका फुड वैंकलाई २ हजार केजि चमल र धरान पुनस्थापना गृहलाई करिव १० हजार रुपैयाको खाद्यान्न प्रदान गरिसकेको कोषाध्यक्ष गुरुङ्गले जनाए । नेपाल यातायात मजदुर संगठनको यो दोस्रो चरणको राहत वितरण कार्यक्रम हो ।
यसअघि मजदुर संगठनले पहिलो चरणमा करिव एक सय घर परिवारलाई राहत वितरण गरि सकेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरानका अध्यक्ष कमल भट्टराईले जानकारी दिए । धरान उपमहानगरपालिकाद्धारा प्रदान गरिने राहतवाट वञ्चित भएका मजदुरहरुलाई संगठनले राहत उपलव्ध गराएको अध्यक्ष भट्टराईले जनाएको छ ।
यतायातमा मजदुरी काम गरेर दैनिक गुजारा गरिरहेका धेरै मजदुर धरान वाहिरका समेत रहेकोले उनिहरुलाई समेत समेटर राहत वितरण गरिएको मजदुर संगठनका केन्द्रिय सदस्य लक्ष्मि वानियाले जानकारी दिए । मजदुरहरुको लगत संकलन कार्य अझ पुर्ण रुपमा नभइसकेकोले केहि दिनमा थप राहत वितरण कार्य अघि वढाउने वानियाले वताएका छन् । राहत वितरण कार्यक्रममा ड्रिस्टिक चिफ लायन्स टंक गुरुङ्ग, विपिन सुव्वा, सिनियर एड्भाइजर लायन्स गौरिसंकर अग्रवाल, रिजन चियर पर्सन रेखा गुरुङ्ग, सरिता राई, धरान वुढासुव्वाका अध्यक्ष लायन्स कविता लिम्वु, धरान विजयपुरका अध्यक्ष लायन्स सुजता श्रेष्ठ, मजदुर संगठन प्रदेश १ उपाध्यक्ष रविन अधिकारी लगायतको उपस्थिति रहेको थियो ।