धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको माइक्रोबायोलोजी ल्याबमा परीक्षण गरिएको थप ७२ स्वाबको रिपोर्ट नेगेटिभ आएको छ ।

प्रतिष्ठानले आज थप ७२ स्वाबको रिपोर्ट नेगेटिभ आएको जनाएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.अशोक ऐरका अनुसार अझै १८४ वटा स्वाबको रिपोर्ट आउने क्रममा छ । प्रतिष्ठानमा हालसम्म कुल ९३६ स्वाब संकलन भएको छ । ती मध्ये ७३९ स्वाबको रिपोर्ट संक्रमण नभएको(नेगेटिभ) आइसकेको छ । यस्तै, १३ वटाको रिपोर्ट भने संक्रमण भएको(पोजेटिभ) आएको थियो ।

प्रतिष्ठानको ल्याबमा अचेल एकै पटक सय वटासम्म पनि स्वाब परीक्षण हुन थालेको छ । ल्याबमा शुरुवातमा कम्तीमा १२ वटा मात्र परीक्षण थालिएकोमा अहिले क्षमता विस्तार गरेर दिनमा सय वटासम्म स्वाब परीक्षण हुन थालेको छ । bp-report