इटहरीः इटहरीमा लकडाउनको चरम उल्लंघन भएको छ । इटहरी उपमहानगरपालिकाले विहान ७ बजे देखि १० बजेसम्म मात्र औषधीपसल बाहेकका अतिआवश्यकीय बजार पसल खोल्ने निर्णय गरेको थियो ।
सोही निर्णय अनुसार हिजो र आज सीमित बजार खुले पनि आज बिहान भने सयौँको भिड जम्मा भएको छ भने साप्ताहिक हटिया लाग्ने स्थानमा खुलेआम सडकमै पसल थापिएको छ । स्थानीयको चौतर्फी गुनासो आएपनि इटहरी उपमहानगरपालिका र इटहरी प्रहरी बेखबर झैँ बनेका छन् । उनीहरुको शुन्य उपस्थिति रहेको छ । ‘यो त हदैसम्मको लापवार्हि भयो’ नागरिक समाजका सदस्य एवंम स्थानीय सुरेन्द्र तामाङले भने ‘घरमै लुकिलुकि सबेका मान्छे बाध्य भएर आएर लखेट्नुपर्ने अवस्था आयो ।’ उनले प्रहरी प्रशासन र जनप्रतिनिधिको मौनताले आश्चर्यमा परेको गुनासो गरे ।
आकस्मिक रुपमा लागेको हटियामा निर्वाद रुपमा व्यापारी आउन दिएको भन्दै स्थानीयले प्रहरी प्रशासन र स्थानीय पालिकाको चर्को विरोध गरेका छन् । यता व्यवसायीक संघ संस्थाले भने किसानले उत्पादन गरेको तरकारीलाई घरघरमा पुुर्याउने विकल्प बारे सोच्न र उद्योगसम्म पुुर्याउने व्यवस्था गर्न सुुझाएका छन् । त्यस्तै उद्योग वाणिज्य सँघ इटहरीका महासचिव पिताम्वर पोख्रेलले सडकमा हटिया लागेको थाहा पाउनसाथ सँघका पदाधिकारी आएर हटाएको बताए । उनले पालिकासँग अत्यावश्यक खाद्यान्नका पसल खोल्न मात्र सहमती भएको भन्दै कसरी हटिया लाग्यो आफुु छक्क परेको प्रतिक्रिया दिए ।
इटहरी उपमहानगरपालिका प्रमुख द्धारिकलाल चौधरीसँग टेलिफोनमा सम्पर्क हुन सकेन भने उपप्रमुख लक्ष्मि गौतमले सुनसरी प्रशासनको अनुुमती विना नै नगर प्रमुखले बजार खुलाउने निर्णय गरेको र वहाँ स्वयमः जिम्मेवार हुने प्रतिक्रिया दिइन् । सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेस पौडेलले प्रसाशनको अनुुमतीबीना नै मेयर चौधरीले व्यापारीसँग बजार खुलाउने सहमती गरेको हुँदा समस्या निम्तिएको बताए । उनले प्रहरीलाई जानकारी दिइ तुरुन्त बजार बन्द गराउन निर्देशन दिने बताए ।