धरान: उदयपुरको भुल्केमा थप एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोशी अस्पताल विराटनगरस्थित प्रयोगशालामा पिसिआर परीक्षण गर्दा थप एक महिला कोरोना पोजेटिभ भेटिएको मुख्यमन्त्री कार्यालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११० पुगेको छ । ती मध्ये ३५ जना प्रदेश १ मा भेटिएको हो भने उदयपुरमा मात्र ३२ जना संक्रमित भेटिएका छन् । प्रदेश १ बाट संक्रमितमध्ये निको भएर १४ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।