इटहरी: इटहरी उपमहानगरपालिकामा कम तौल भएको र म्याद गुज्रिएको सामान पनि बिक्री भइरहेको पाइएको छ ।

इटहरी उपमहानगरले बजार अनुगमनका क्रममा कम तौल र म्याद गुज्रिएका सामान बेच्ने गरिएको पाइएको हो । उपप्रमुख लक्ष्मी गौतमको नेतृत्वमा उपमहानगरले खाद्यान्न पसलहरुको अनुगमन गरेको थियो । उपप्रमुख गौतमका अनुसार पोका पोका बनाएर राखेका खाद्य सामाग्री जोखेर हेर्दा तौलमा कमी पाइएको हो । त्यस्तो समान बिक्री वितरण नगर्न चेतावनी दिइएको र पुनः विक्री गरेको पाइए कारवाही गरिने उनले बताइन् ।

केही दिन यतादेखि इटहरी क्षेत्रमा विहान ७ बजे देखि १० बजेसम्म पसल खोल्न थालिएको छ । इटहरी उपमहानगरले निरन्तर वजार अनुगमन गर्दै आएको छ भने अनुगमनलाई निरन्तरता दिइने उपमहानगरको भनाई छ ।