धरान: नेपालमा तीन जिल्लामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले जानकारी दिएका छन् । यो सँगै आज मात्र २४ जना नयाँ संक्रमित थपिएका छन् भने नेपालमा कुल संक्रमितको संख्या १३४ पुगेको छ । नयाँ थपिएका संक्रमितहरु कपिलवस्तुको यशोधरा गाउँपालिका – ८ र वुद्धभूमि नगरपालिका ७ का १५, १९, २३, ३०, ३२ र ३८ वर्षका पुरुष हुन् ।

यस्तै, रुपन्देहीको सम्मरीमाइ गाउँपालिका‍ ७ र लुम्बिनी साँस्कृतिक गाउँपालिका ६ का २४, २६, २७, ३०, ३२ र ४० वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको छ । यस्तै, बर्दियाको राजापुर नगरपालिका ५ कि ११ वर्षकी बालिकामा पनि कोरोना संक्रमण देखिएको छ । यसअघि, आज विहान कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको थियो भने दिउँसो सप्तरीमा थप १ जना संक्रमित थपिएका थिए । कपिलवस्तुमा मात्र आज १६ जना संक्रमित भेटिएका छन् । press-releae