धरान: नेपालमा आज बिहान ३० जना थप नयाँ कोरोना संक्रमित पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहान ९ बजे प्रेश विज्ञप्ती जारी गर्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौं र भारतपुर अस्पताल चितवनको ल्याबमा भएको परीक्षणबाट ३० जना नयाँ संक्रमित पुष्टि भएको जानकारी दिएको छ । मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले नवलपरासीको विनय त्रिवेणी गाउँपालिका ६ का ४५ बर्षीय पुरुष, भारतपुर महानगरपालिका ६ चितवनका ७४ बर्षीय पुरुष र ७३ बर्षी महिला संक्रमित पुष्टि भएको जानकारी दिएका छन् ।
यस्तै, नवलपरासी सुस्ता गाउँपालिका ५ र रामग्राम नगरपालिका ३, १८ का ३३ र ३५ बर्षीय पुरुष छन् भने १५ बर्षीय किसोरी पनि संक्रमित छन् । कपिलवस्तुको वाणगंगा नगरपालिका, मायादेवी गाउँपालिकाका २४ देखि ५३ बर्ष उमेर समुहका ८ जना पुरुष र ८ बर्षीय वालिका पनि संक्रमण पुष्टि भएका छन् । यसैगरि, सर्लाहीको गोडैता नगरपालिका र रामनगर बहुअर्वा गाउँपालिकाका १४ जना पुरुष र एक १८ बर्षीय युवती पनि संक्रमण पुष्टि भएको छ । उनीहरुको अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको पनि डा.अधिकारीले जानकारी दिएका छन् ।