धरान: कार्कीछाप कालीखोला सामुदायिक वन उपभोक्ता समुह धरानको सर्दु खोला पारी वडा नं २० मा पर्छ । तर, यो वन समुहको उपभोक्ताहरु सर्दु खोला वारी वडा नं १६ का बासिन्दाहरु पनि अत्यधिक संख्यामा छन् ।

वडा नं १६ का वडाअध्यक्ष दिलकुमार गिरी आफै पनि उक्त वन समुहको सदस्य छन् । आज(बुधबार) उक्त वन समुहको क्षेत्रमा अतिक्रमण गरेको भन्दै वन कार्यालय, वन समुह र प्रहरीसहितको टोलीले घरटहरा भत्काईदियो भने मकै खेती, केरा खेतीलगायत काटेर नष्ट गरिदियो । वन क्षेत्रमा टहरा बनाउने र खेती गर्ने ४ जनामा वडा १६ का पनि थिए । त्यसैले वडा १६ का बासिन्दा आक्रोशित हुनु स्वभाविकै थियो ।

टहरा बनाएर खेती गर्ने मध्ये वडा १६ का सरस्वती राई र उनका श्रीमान् दिलकुमार राई पनि थिए । दिलकुमार क्यान्सरका विरामी छन् । त्यसैले यहाँ मकै खेती गर्न छरछिमेकले पनि सघाएका थिए । उनीहरुको त्यहाँ गोठ थियो । वनले हटाउन भनेपछि गोठ सार्ने क्रममा थिए उनीहरु । मकै वाली केही नगरिदिनु भन्ने उनीहरुको आग्रह थियो । तर, आज वन र प्रहरी को वनका कर्मचारी तथा सुरक्षाकर्मीले बार, टहरा मात्र भत्काएन, मकै बाली, केरा खेती सबै काटेर नष्ट गरिदिए ।

ban-ko-jagga2

यो दृष्य देखेर स्थानीय मात्र होइन, वडा नं १६ का अध्यक्ष दिलकुमार गिरी आक्रोशित भए । उनले आज टहरा भत्काउने र बाली नष्ट गर्नेबारे आफुलाई जानकारी नदिएको भन्दै आक्रोश पोखे । वन क्षेत्र अतिक्रमण गर्न रोक्नुपर्ने भएपनि स्थानीय लगाइसकेको वाली जोगाउनुपर्नेमा काटेर नष्ट गरेकोमा उनले असन्तुष्टी पोखे । ‘वन अतिक्रमण गर्न पाइदैन, समय दिएर सार्नुपथ्र्यो । २ दिनमा नै सार भनेर भन्नु राम्रो भएन,’अध्यक्ष गिरीले भने,‘अतिक्रमण रोक्नुपर्छ, तर कुनै सुचना नदिई गर्न नहुने । ज्यानमारालाई त अन्तिम इच्छा के छ भनेर सोधिन्छ । यहाँ त वाली लगाएको छ, रुख विरुवा काटेको त थिएन । वाली जोगाउनुपथ्र्यो ।’ अध्यक्ष गिरीले स्थानीयलाई अन्याय भएको भन्दै कस्को निर्देशनमा गरिएको हो, जानकारी पाउनुपर्ने बताए ।

banko-jagga3 wada-16-adkx 1