धरान: लायन्स क्लव अफ धरान जुम्वाले शारीरिकरुपमा अशक्त पुण्य प्याकुरेललाई एयर मेट रेस र खाद्यान्न सहयोग गरेको छ ।
करिव १५ हजार रुपैया बराबरको सामग्री धरान १५ स्थित महादेव चोकमा अवस्थित प्याकुरेलकै निवासमा पुगेर लायन्स क्लव अफ धरान जुम्वाका अध्यक्ष कृति श्रेष्ठले सहयोग गरेकी हुन् । दुर्घटनामा परेर छातीदेखि मुनिको भाग नचल्ने भएपछि प्याकुरेल घरमै थला परेका छन् । उनको वेडमा विछ्याउने विजुलीले चल्ने मेटमा पनि खरावी आएको कारण स्वस्थ्यमा समस्या आउन थालेको जानकारी पाए पछि सहयोग गरिएको अध्यक्ष श्रेष्ठले बताइन् ।
लकडाउनको कारण थप समस्यामा परेका पुण्य परिवारलाई लायन्स क्लवले निरन्तर सहयोग गर्दै आइरहेको क्लवका जिल्ला कोषाध्यक्ष लायन्स धिरज गुरुङ्गले बताए । पुण्यलाई विभिन्न संघ संस्थाहरुले समेत सहयोग गर्दै आइरहेको छ । राहत सामग्री हस्तान्तरण कार्यक्रममा रिजन चियर पर्सन लायन्स रेखा गुरुङ्ग, धरान इस्को चाटर्ड प्रेसिडेन्ट राजिव दाहाल, लायन्स क्लव धरान जुम्वाका उपाध्यक्ष किरण राजभण्डरि समेतको उपस्थिति रहेको थियो ।
लकडाउनका कारण समस्यामा परेकाहरुलाई सहयोग गर्नका लागि धरान भरीका लायन्स क्लवले आप्mनै फुड वैंकको स्थापना गरी धरान उपमहानगरपालिका र धरानका यातायात मजदुरहरुलाई राहत प्रदान गरिसकेको छ । मजदुरी गरेर जिविकोपार्जन गर्दै आइरहेको पुण्यको ६ वर्ष अघि दुर्घटना परेर घाइते भएका थिए । दुर्घटना पछि उनको छाति देखि मुनिको भाग चल्दैन । उनको परिवारमा श्रीमति, एक छोरी र एक छोरा रहेका छन् ।
करिब दुई वर्ष अघि धरानका पत्रकार र मजदुर संगठनले संयुकत रुपमा सहयोग संकलन गरेर उनको घर बनाइदिएका थिए । घर निर्माणका लागि पत्रकार र मजदुरहरु संयुक्त रुपमा देउसि खेलेर अभियान सुरु गरेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान उपमहानगरपालिका कमिटी अध्यक्ष कमल भट्टराई वताउछन । त्यो समय पुण्य संगै पत्रिका वेचेर गुजारा गर्दै आइरहेको धरान ११ निवासि शारीरिक रुपमा अशक्त ज्ञान वहादुर माझीको समेत घर निर्माण गरिएको थियो ।