धरान: धरान १७ एन्फा एकेडेमीस्थित क्वारेन्टाइनमा रहेका एक व्यक्तिमा कोरोना संक्रमण भएको पाइएको छ ।
भारतबाट आएकाहरुलाई एन्फा क्वारेन्टाइनमा राखिएको छ । त्यहाँ रहेका ४५ जनाको पिसिआर परीक्षणको लागि बिहिबार स्वाब संकलन गरिएको थियो । ति मध्ये एक जना ३० बर्षीय पुरुषको कोरोना पोजेटिभ रिपोर्ट आएको प्रदेश एक सरकारले गठन गरेको होल्डिङ तथा क्वारेन्टाइन व्यवस्थापन उपसमितिका एक सदस्यले पुष्टि गरे । ‘धरानको एन्फा क्वारेन्टाइनमा भएको एक पुरुष पोजेटिभ भएको रिपोर्ट आएको छ,’ती सदस्यले भने ।
यता प्रतिष्ठान उच्च स्रोतले पनि एन्फा क्वारेन्टाइनमा रहेका एक पुरुषमा संक्रमण भएको रिपोर्ट आएको बताए । तर, उनी भारतबाट आएर क्वारेन्टाइनमा सुरक्षित राखिएकोले धरानबासीले चिन्ता लिनु नपर्ने पनि ती चिकित्सकको भनाई छ । ‘क्वारेन्टाइनमा राख्नुको कारण नै परिवार, समुदायमा संक्रमण नहोस् भनेर हो, त्यसैले क्वारेन्टाइनमा संक्रमित व्यक्ति पुष्टि भयो भन्दैमा चिन्ता लिनुपदैन,’प्रतिष्ठान उच्च स्रोतले भन्यो,‘उहाँलाई सुरक्षितरुपमा नै अस्पताल ल्याइन्छ ।’