धरान: एन्फा एकेडेमीको क्वारेन्टाइनमा कोरोना संक्रमण पुष्टि भएका युवालाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।

पिसिआर रिपोर्ट पोजेटिभ आएपछि शुक्रबार राती करिब १० बजे उनलाई एम्बुलेन्स मार्फत एन्फा क्वारेन्टाइनबाट वीपी प्रतिष्ठान लगिएको छ । उनको पिसिआर रिपोर्ट राती करिब साढे ८ बजे मात्र पोजेटिभ भएको पुष्टि भएको थियो । संक्रमित युवाको ठेगाना धरान १७ नै हो । उनी भारतको महाराष्ट्रस्थित मुम्बाईबाट आएका हुन् । उनी अन्य २ जना साथीसहित नेपाल आएका थिए । उनीहरु जेठ १८ गते एन्फा क्वारेन्टाइनमा आएका हुन् ।