धरान: कुवेतबाट उद्दार गरिएका महिलाहरुमध्ये २१ जना सुनसरीका छन् ।
सुनसरीका २१ जनासहित ९१ जना आज सुनसरी आउदैछन् । सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलका अुनसार उनीहरुलाई चतरास्थित होल्डिङ एरियामा राखिनेछ । ‘कुवेतबाट फर्किएकामध्ये २१ जना महिला सुनसरी आइरहेका छन्, अहिले बीच बाटोमा होला,’प्रजिअ पौडेलले भने,‘उहाँहरुलाई चतरास्थित होल्डिङ केन्द्रमा राख्छौं ।’
कोरोना महामारी र लकडाउनले कुवेतमा अलपत्र परेका ५ सय ३१ जना महिलाहरुलाई हिजो नेपाल ल्याइएको थियो । उनीहरुलाई सेनाले स्कर्ट गरेर सुनसरी ल्याइरहेको हो । ‘उहाँहरुलाई होल्डिङ एरियामा ल्याएर खाना खुवाइन्छ, र आआफ्नो निकायमा समन्वय गरेर पठाइन्छ,’ प्रदेशस्तरीय होल्डिङ व्यवस्थापन उपसमिति सदस्य रवि खनालले भने,‘अहिलेसम्मको तथ्यांकमा प्रदेश १ को जम्मा ११९ जना कुवेतबाट आएका छन् ।’ प्रदेश सरकारले चतरास्थित रामानन्दचार्य सेवा पिठलाई होल्डिङ एरिया बनाएको छ ।