धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ४ जना कोरोना संक्रमित व्यक्तिहरु निको भएर डिस्चार्ज भएका छन् ।
आज डिस्चार्ज हुने चारै जना झापा जिल्लाका हुन् । उनीहरु बर्ष २२ देखि ३५ उमेर समुहका भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । उनका अनुसार प्रतिष्ठानबाट निको भएर हालसम्म ११४ जना डिस्चार्ज भइसकेका छन् । ‘उहाँहरुको पिसिआर जाँच गर्दा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो,’डा.सापकोटाले भने । उनका अनुसार प्रतिष्ठानमा हाल ५४ जना संक्रमितहरु उपचाररत अवस्थामा छन् ।