इलाम: इलाम माङसेबुङ गाँउपालिका ६ मा देवर भाउजु झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

इलाम माङसेबुङ ६ मावाटोलका २७ बर्षीय बिशाल राई र उनकै भाउजु २६ बर्षीया गीता राई झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । हिजो बिहान कसैलार्इ केही नभनि घरबाट दुवै जना देवर भाउजु हिडेका थिए । बेलुकासम्म घर फर्की नआएपछि आफन्तले खोजी गर्ने क्रममा आज बिहान साढे ११ बजे उनीहरु रुखको हाँगामा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

झुण्डिएको स्थान घरदेखी करिव सात सय मिटर दुरीमा रहेको छ । उनीहरु दार जातको रुखको एउटै हांगामा प्लाष्टिकको डोरीको पासो लगार्इ झुण्डिएको अवस्थामा आफन्तले प्रहरी चौकी सागफारामा जानकारी गराएका थिए । घटनाबारे जानकारी आएपछि ईलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । उक्त घटनाबारे कानुनी कारबाही तथा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।