उदयपुर: आज बिहान उदयपुर जिल्लाको त्रियुगा नगरपालिका १३ स्थित असारीका एक व्यक्ति चट्यांग लागेर मृत्यु भएको छ ।
स्थानीय ४५ बर्षीय कानन चौधरीको चट्याङले लागेर मृत्यु भएको हो । बिहान साढे ८ बजे खेतमा काम गरिरहेका चौधरीलाई बर्षासंगै आएको चट्याङले लाग्दा घाईते भएका थिए । उनलाई जिल्ला अस्पताल उदयपुरमा उपचार गराउने क्रममा बिहान पौने ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।