धरान: धरानका युवा एवं कांग्रेसका क्षेत्रीय सदस्य नेता प्रताप भट्टराईले झुण्डिएर आत्महत्या गरेका छन् ।

धरान १४ नारायणपुरस्थित आफ्नै घरमा आज बिहान उनले झुण्डिएर आत्महत्या गरेका हुन् । २८ बर्षीय मृतक भट्टराई नेपाली कांग्रेसको क्षेत्रीय सदस्य हुन् भने प्रदेश सांसद चन्द्रप्रसाद श्रेष्ठका स्वकिय सचिव पनि हुन् ।

नेपाली कग्रेस नगर सचिव श्याम पोख्रेलका अनुसार कोठामा पंखामा झुण्डिएको अवस्थामा भट्टराई रहेको छ । ‘पंखामा पहेलो कच्छडले बाँधेर झुण्डिएछन्,’उनले भने,‘सबैलाई सम्झाएर हिड्ने मान्छे, यस्तो गर्ला भनेर सोचेकै थिएनौं ।’ मृतक भट्टराईको श्रीमति र छोरी माइती गएको कारण कोठामा एक्लै थिए । करिब साढे ९ बजेतिर मात्र उनले आत्महत्या गरेको खुलेको थियो ।