धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट कोरोना संक्रमणमुक्त भएर आज ६ जना डिस्चार्ज भएका छन् ।
प्रतिष्ठानका अनुसार डिस्चार्ज हुनेमा २ जना पुरुष र ४ जना महिला छन् । उनीहरु मोरङ जिल्लाका ४ जना हुन् भने सुनसरीका २ जना रहेको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । उनीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि असार ८ गते वीपी प्रतिष्ठानमा भर्ना भएका थिए । अहिलेसम्म प्रतिष्ठानबाट संक्रमण मुक्त भएर १ सय ९१ जना घर फर्किएका छन् ।
१६ जना नयाँ भर्ना
यसैगरि, पछिल्लो २४ घण्टामा प्रतिष्ठानमा १६ जना नयाँ कोरोना संक्रमित व्यक्तिहरु भर्ना भएका छन् । प्रतिष्ठानका अनुसार हाल ४४ जना पिसिआर पोजेटिभ भएका व्यक्तिहरु प्रतिष्ठानमा उपचाररत अवस्थामा रहेका छन् ।