विराटनगरः प्रदेश १ मा शनिबार १२ जना कोरोना संक्रमित थपिएका छन् ।
पिसिआर परीक्षणको क्रममा मोरङमा ६, झापामा ५ र इलाममा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ३ महिला र २ पुरुष, सुन्दरहरैचामा १ पुरुषमा संक्रमण पुष्टि भएको छ । यस्तै, झापाको कचनकवलमा ४ पुरुष, कनकाईमा १ पुरुषमा संक्रमण देखिएको छ । यसैगरि, इलामको देउमाईमा १ पुरुष संक्रमित रहेको पुष्टि भएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ सय ६५ पुगेको छ ।
यसैगरि, प्रदेश १ बाट शनिबार ३६ जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेन अस्पताल गोठगाउँमा उपचारत डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा मोरंगका २४, झापाका ११ र सुनसरीका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । शनिबार डिस्चार्ज हुने १३ वर्षदेखि ६० वर्ष उमेर समूहका रहेका छन् । गोठगाउँबाट हालसम्म १ सय ४६ जना डिस्चार्ज भएको आईसोलेसन अस्पतालका सम्र्पक अधिकृत धरणी निरौलाले जानकारी दिए । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ४ सय ५७ पुगेको छ ।