मोरङ: केशलिया खोलामा आएको बाढी मोरङको बिराटनगर १६ मा रहेको दरैया बस्तीमा पसेर क्षति पुर्याएको छ ।
प्रहरीका अनुसार मध्याह्न साढे १२ बजे आएको बाढीले ६५ घर डुबानमा परेको थियो । ती घरहरुमा रहेका ३०० जना मानिसहरुलाई उद्दार गरी बिराटनगरको रानीमा रहेको मिल्स माबिमा राखिएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
यसै गरी बिराटनगर १२ स्थित बखरी एरियामा रहेका ३० घरमा पनि केशलिया खोलामा आएको बाढी पसेर क्ष्ँति पुगेको थियो । ती घरहरुमा रहेका १५० जना मानिसहरुलाई पनि उद्दार गरी बखरी प्राविमा राखिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।