विराटनगरः प्रदेश १ मा नोवेल कोरोना भाइरस कोभिड १९ को संक्रमणमा रहेका मध्ये अधिकांश व्यक्ति निको भएर घर फर्केका छन् ।
मंगलवार रातीसम्मको तथ्याँकअनुसार प्रदेश १ भित्र कुल ७ सय ३६ व्यक्तिमा संक्रमण भएको पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. शुरेस मेहेताले जानकारी दिएका छन् । उनका अनुसार मंगलारसम्ममा कोभिड १९ को उपचार गरि घर फर्किनेको सँख्या ६ सय ४२ रहेको छ ।
मेहेताले प्रदेश सरकारले कोरोना सँक्रमितको उपचार र हेरचाहमा कुनै कमजोरी नहुने गरि तयारी गरिएको र सोहि अनुसार उपलब्धि हाता लागेको जानकारी दिएका छन् । उनले कोरोना सँक्रणम फैलिनसक्ने अवस्थाको पूर्वानुमान गरेर नै अन्य प्रदेश भन्दा चांडो संक्रमित निको बनाउन सकेर ठुलो परिमाणमा सँक्रमित थपिन नपाएको दाबी गरे ।
मंगलवार मात्र ३८ व्यक्ति कोरोनामुक्त भएर घर फर्किन सफल भएको उनले जानकारी दिएका छन् । यसरी निको भएर घर जानेमा उदयपुरका १३, झापाका ५, मोरङका १६, इलामका १, पाँचथरका १ र सुनसरीका २ रहेका छन् । पछिल्लो तथ्याँकअनुसार प्रदेश १ मा ६ सँक्रमित थपिएका छन् । जसमा धनकुटाका ३ र सुनसरी, झापा र तेह्रथुमका एक एक व्यक्ति रहेका छन् ।