धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आज कोरोना संक्रममण मुक्त भएर १० जना डिस्चार्ज भएका छन् ।
प्रतिष्ठानका अनुसार डिस्चार्ज हुनेमा ८ जना पुरुष र २ जना महिला छन् । उनीहरु २५ बर्षदेखि ६६ बर्षसम्मका व्यक्तिहरु रहेको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । डिस्चार्ज हुनेहरु झापाका ३, सुनसरीका ५ र मोरङका २ जना छन् । ‘पिसिआर रिपोर्ट नेगेटिभ आएपछि आज उहाँहरुलाई डिस्चार्ज गरिएको हो,’प्रवक्ता डा.सापकोटाले भने ।
प्रतिष्ठानबाट हालसम्म २६६ जना उपचार पश्चात संक्रमणमुक्त भएर डिस्चार्ज भइसकेका छन् । पछिल्लो २४ घण्टामा १ जना मात्र नयाँ संक्रमित भर्ना भएका छन् भने हाल आइसोलेसनमा उपचाररत अवस्थामा २ जना मात्र पिसिआर पोजेटिभ व्यक्तिहरु रहेको सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए । प्रतिष्ठानमा हालसम्म १२ हजार २ सय ६७ पिसिआर परीक्षण भइसकेको छ ।