धरान: सुनसरी जिल्लामा आज ५ जना कोरोना संक्रमित थपिएका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक जना संक्रमित देखिएका हुन् भने इटहरी क्वारेन्टाइनमा २ जना र रामधुनी क्वारेन्टाइनमा पनि २ जनामा संक्रमण पुष्टि भएको हो । कार्यालयकी फोकल पर्सन सिर्जना लिंथेपका अनुसार धरान र रामधुनीका गरि ३ जना महिला हुन् भने इटहरी क्वारेन्टाइनका २ जना पुरुष हुन् । इटहरीका दुवैलाई गोठगाउँ आइसोलेसन केन्द्रमा पठाइएको छ भने रामधुनीका दुवै महिलालाई कोशी कोभिड १९ अस्पताल विराटनगर पठाइएको पनि लिंथेपले जानकारी दिइन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिंगमा भने सुनसरीमा ६ जना संक्रमित पुष्टि भएको जानकारी दिएको थियो । यता लिंथेपले भने धरान २ जना पोजेटिभ देखिएको भए पनि एक जना जनकपुरका विरामी भएकोले जिल्लाको ५ जना मात्र पोजेटिभ भएको बताइन् । वीपी प्रतिष्ठानमा पोजेटिभ २ मध्ये एक जना अध्ययनरत छात्रा हुन् ।

योसँगै सुनसरी जिल्लामा कुल संक्रमित संख्या ११३ जना पुगेको पनि लिंथेपले बताइन् । उनका अनुसार सुनसरी जिल्लामा मात्र लिइएको स्वाबको परीक्षण गर्दा यो संख्यामा पोजेटिभ देखिएको हो । ती मध्ये १०० जना डिस्चार्ज भएर घर फर्किएको र १३ जना मात्र एक्टिभ केस रहेको उनले बताइन् ।