विराटनगर: प्रदेश १ मा आज ९५ जना कोरोना संक्रमित थपिएका छन् ।

मोरङमा ६२, सुनसरीमा २२, झापामा ९ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरका १३ महिला र २० पुरुषमा संक्रमण पुष्टि भएको छ । यस्तै, रंगेलीमा ९ महिला र १९ पुरुष, सुन्दरहरैचाका १ पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । यसैगरि, ण्सुनसरीको दुहवीका २ महिला र ११ पुरुष, घुस्कीका ३ पुरुष, इटहरीका २ पुरुष, धरानका १ महिला र १ पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । सुनसरीकै देवान्जञ्जका १ पुरुष र रामधुनीका १ महिला, झापाको दमकका २ महिला र ४ पुरुष, भद्रपुरका २ पुरुष, शिवसताक्षीका १ पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

प्रदेश १ बाहिरका सिरहा र धनुषाका १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ८ सय २१ पुगेको छ । प्रदेश १ बाट आज ३५ जना डिस्चार्ज भएका छन् । मेची अस्पताल झापाबाट १७, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १२ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज भएकाहरु झापाका १५, मोरङका १४, इलामका ४ र सुनसरीका २ जना रहेका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ७५ पुगेको छ ।

मेची अस्पतालबाट पीसीआर परीक्षण शुरु

आज देखि मेची अञ्चल अस्पताल झापाबाट पीसीआर परीक्षण शुरु भएको छ । झापाबाट पीसीआर परीक्षण शुरु भएसँगै परीक्षणको संख्या पनि बढेको छ । यसअघि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कोशी अस्पताल र प्रदेश प्रयोगशाला विराटनगरबाट पीसीआर परीक्षण हुँदै आएको छ ।

प्रदेश १ मा आज २ हजार २ सय ५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २८ महिला र ६७ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।