धरान: धरानमा समुदायस्तरमा आज थप ९ जना कोरोना सक्रमण पुष्टि भएको छ । योसँगै धरानमा आज एकै दिन १३ जना संक्रमित थपिएका छन् ।

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार वडा नं १५ मा १९ बर्षको महिला र ३९ बर्षको महिलामा संक्रमण पुष्टि भएको छ । यस्तै, वडा नं १९ मा ३९ बर्षको पुरुष, वडा नं १७ मा ३९ बर्षकी महिला, वडा नं ९ मा २४ बर्षकी महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।

यस्तै, वडा नं १० मा ५० बर्षकी महिला र ७७ बर्षकी महिलामा पनि कोरोना पोजेटिभ देखिएको छ भने वडा नं १८ ठेगाना लेखिएको ३० बर्षको पुरुष र २७ बर्षकी महिलामा पनि संक्रमण देखिएको छ । तर, वडा नं १८ ठेगाना भएपनि ती दुवै जना उक्त वडाको बासिन्दा नभएको वडाअध्यक्ष प्रविण राईले जानकारी दिए । उनका अनुसार संक्रमित पुरुष वडा नं १६ का हुन् भने महिला वडा नं १० का हुन् । यसअघि, वीपीमा कार्यरत धरान १६ की नर्सको परिवारका ४ जनामा पनि संक्रमण पुष्टि भएको थियो । उनीहरुसहित आज एकै दिन धरानमा १३ जना संक्रमित थपिएका हुन् ।