धरान: कोरोना संक्रमणबाट मृत्यु भएको धरान १५ की ७१ बर्षीय महिलालाई चारकोसे जंगलमा अन्त्येष्टी गरिएको छ ।

आज बिहान सवा ११ बजे मृत्यु भएकी वृद्धालाई साँझ करिब सवा ६ बजे अन्त्येष्टी गरिएको हो । नेपाली सेनाको बिशेष टोलीले शवलाई सलामी दिएर अन्त्येष्टी गरेका थिए । उनको अन्त्येष्टीको व्यवस्थापनमा धरानका मेयर तिलक राई, इलाका प्रशासन कार्यालय धरानका प्रमुख चन्द्रबहादुर कार्की, इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेत, नेपाली सेनाको फुस्रेस्थित गणका मेजर, नगर प्रहरीलगायत सिमित संख्यामा खटिएका थिए ।

भिडियो:

 मृतकको शवलाई चारकोसे जंगलको बीचमा ठुलो फायरलाइनदेखि केही दक्षिणमा खाल्डो खानेर गाडिएको थियो । खाल्डो खन्न स्काभेटर प्रयोग गरिएको थियो । अबदेखि धरानमा संक्रमणबाट निधन भएमा सोही क्षेत्रमा अन्त्येष्टी गरिने मेयर तिलक राईले बताए । ‘धरान उपमहानगरपालिकाकै नागरिक भएकोले शव व्यवस्थापन गर्नु हाम्रो पनि कर्तव्य हो । त्यसैले जिल्ला प्रशासन, इलाका प्रशासन, नेपाली सेना, प्रहरीको सहयोगमा चारकोसे जंगलको फायरलाइनको बीचमा व्यवस्थापन गर्दैछौं,’मेयर राईले भने,‘अबदेखि चारकोसे जंगलमा नै शव व्यवस्थापन गरिन्छ ।’

धरान १५ दशरथ पथ निवासी वृद्धाको साउन २३ गते पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो । दम र मुटुको पनि दीर्घरोगी उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा आज निधन भएको थियो । उनको छोरीलाई संक्रमण पुष्टि भएपछि कन्ट्याक ट्रेसिङमा परेर स्वाब परीक्षण गर्दा वृद्धा र नातीलाई पनि संक्रमण देखिएको थियो । मृतककी छोरी र नाती अझै प्रतिष्ठानमा उपचाररत छन् ।

corona-dead-body corona-dead-body4 corona-dead-body1 corona-dead-body5 corona-dead-body-2 corona-dead-body7corona-dead-body6positive-dead