धरान: धरानमा आज ३ जना कोरोना संक्रमित थपिएका छन् ।
ती मध्ये एक जना भारतीय सैनिक हुन् भने २ जना धरान १७ का आमा छोरी हुन् । भारतीय सैनिक होटल क्वारेन्टिनमा बसिरहेका छन् । धरान १७ रेल्वेकी संक्रमित ३४ बर्षीय आमा र १४ बर्षीय छोरी भने घरमा नै छन् । आमा छोरी होम आइसोलेसनमा नै बस्ने भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । होटलमा भएकालाई भने आइसोलेसनमा लगिने उनले बताए । संक्रमित आमा छोरीलाई कसरी संक्रमण भयो भनेर आवश्यक जानकारी लिने काम भइरहेको पनि उनले बताए ।
आज ३ जना थप भएसँगै धरानमा संक्रमितहरुको कुल संख्या १०४ जना पुगेको छ । ती मध्ये ४२ जना विदेशबाट आएका ट्राभल हिष्ट्री भएका हुन् भने ६२ जना ट्राभल हिष्ट्री नभएको धरानका समुदायकै हुन् । कुल संख्यामध्ये हालसम्म ५४ जना संक्रमित निको भइसकेका छन् । यस्तै, २८ जना होम आइसोलेसनमा छन् भन १९ जना हस्पिटलमा आइसोलेसनमा रहेका छन् । धरानमा संक्रमित २ जनाको मृत्यु भइसकेको छ ।