इटहरीः इटहरी उपमहानगरपालिकाका ४ वडाबाहेक सबै वडामा कोरोना संक्रमण देखिएको छ । जनस्वास्थ्य निरिक्षक घनश्याम सिग्देलकाअनुसार इटहरी वार्ड नम्बर ३,१०, १३ र १५ बाहेक बाँकि १६ ओटा वार्डमा कोरोना सँक्रमत भेटिएका हुन् ।

सिग्देलकाअनुसार वार्डनम्बर १ र २ मा ५ जना, वार्डनम्बर ४ मा ६ जना, ५ मा ७ जना, ६मा दश जना, ७, ८  ९ वार्डमा २–२ जना रहेका छन् । त्यस्तै ११ नम्बर वार्डमा १ जना, १२ मा २ जना, १४ मा २ जना, १६ मा १ जना, १७ मा १ जना, १८ मा १ जना, १९ मा २ जना र २० नम्बर वार्डमा ९ जना रहेका छन् ।त्यस्तै इलाका प्रहरी कार्यालय इटहरीमा ८ जनामा कोरोना सँक्रमण पुष्टि भएको छ । त्यस्तै थुनुुवा ४ जना, सप्तरीका एक नागरिक र कृषि विकास बैकका एक कर्मचारीमा कोरोना पुष्टि भएको छ । अन्य ६व्यक्ति पनि इटहरी कै रहेको र स्थायी ठेगाना नखुलिसकेको अवस्थामा सँक्रमित भेटिएको इटहरीको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

यसरी हालसम्म इटहरीमा कोरोना सँक्रमित भएका व्यक्ति ७८ जना रहेका छन् । ति मध्ये पुरुष ६२ र महिला १६जना रहेका छन् । सँक्रमितमध्ये हस्पिटल आइसोलेसनमा रहेका १८ जना रहेका छन् भने होम आइसोलेसनमा रहेका ३५ जना छन् । इटहरी क्षेत्रका २५ व्यक्ति कोरोना जीतेर घरफर्किसकेका छन् ।

यस्तो छ इटहरीको अवस्था

गत साउन २० गते इटहरीमा बसेको नगरस्तरीय सिसिएमसीको बैठकले ५ दिन लकडाउन गर्ने निर्णय गर्यो । इटहरीमा कोरोना सँक्रमणको दर फैलिदै गएको भन्दै वडाअध्यक्षहरुको एकै स्वरमा मेयर र उपमेयरलाई लकडाउन गर्ने दबाब दिए । सुनसरीका प्रमुुख जिल्ला अधिकारी फणिन्द्रमणी पोख्रेले लकडाउन गर्न अनिच्छा प्रकट गरेपनि वडाअध्यक्षहरुले जनताबाट चर्को दबाब आइरहेको भन्दै लकडाउन नै उत्तम विकल्परहेको अड्डि कसेपछि साउन २५ गतेसम्मलाई लकडाउन गर्ने निर्णय भयो ।

लकडाउन शुरुभएदेखि इटहरीकोबजार पसल सुनसान छ । यस अघि लकडाउन खासै नमान्ने नागरिक यो पटक भने सचेत भएर घरघरमा बसेका छन् । प्रहरीप्रशासनलाई अघिल्ला लकडाउनको बेलाजस्तो सर्वसाधारणलाई रोक्न लठ्ठि लिएर सडकमै बस्नुुपरेको छैन । इटहरीसहित सुनसरीका अन्य पालिकालेसमेत लकडाउन गर्ने निर्णय गर्नथालेपनि सुनसरी जिल्ला प्रशासनले साउन २१ गते जिल्लाभरी निषेधित क्षेत्रको समय तोकिदियो । यसलाइ थप्दै बढाएर हालसम्म भदौ १४ गतेलाई पुुर्याइएको छ । जिल्ला प्रशासनले नै निषेधित क्षेत्रको समय थपिदिएपछि ५ दिन लकडाउन गर्ने निर्णय गरेको इटहरी थप समय थप्नुपरेको छैन । अहिलेपनि बजार पसल सुनसान छन् ।

संक्रमित भेट्न घरघरमा उपमेयर

नगरपालिकाको तथ्याक्अनुसार हालसम्म इटहरीमा ३५ जना कोरोन सँक्रमित होम आइसोलेसनमा छन् । उनीहरुलाई भेट्न उपमेयर लक्ष्मी गौतम स्वास्थ्यकर्मीसहित घरघर पुुगेकी छिन् । आइतवार साँझ उनको टोलीले ६ वडाका ११ सँक्रमितलाई भेटेको थियो ।

गौतमले सँक्रमितलाई गुुर्जो, फलफूल लगाएत उपलब्ध गराएक थिइन् । उनले इटहरी ४ मा बस्ने सँक्रमित प्रदेश १ की सांसद कुसुम कुमारी श्रेष्ठसहित विभिन्न ठाउँका सँक्रमितलाई घरमा पुुगेर होम आइसोलेसनको अवस्थाको बारेमा जानकारी दिइन् । उनले स्वास्थ्यकर्मीसहित लिएर जाँदा घरमा आइसोलेसनको मपदण्ड तय भएको नभएको बुुझ्न सजिलो हुने बताइन् । गौतमका अनुसार स्वास्थ्यकर्मीको टोलीले सँक्रमितलाई स्वस्थ जीवन यापन र खानपानको बारेमा जानकारी गराएका थिए ।