धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत ८ जना विरामीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि भएकाहरुलाई कोभिड अस्पतालमा सारिएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । संक्रमण देखिएकाहरु एक जना आइसियुमा उपचाररत थिए । यस्तै, ३ जना मेडिसिन वार्डका विरामी हुन् भने १ जना सर्जरी वार्डमा उपचाररत थिए । यस्तै, शंकास्पद भएर कोभिड हस्पिटलमा नै राखिएका ३ जनाको पिसिआर रिपोर्ट पनि पोजेटिभ आएको प्रवक्ता डा.सापकोटाले जानकारी दिए ।
यद्यपी, कोभिड हस्पिटलमा एक जनाको नाम जुधेको कारण संख्या ८ वा ९ कति जना भन्ने प्रष्ट भइनसकेको पनि डा.सापकोटाले जानकारी दिए । स्वाबको नमुना २ जना डाक्टरले लिएर ल्याबमा पनि २ वटा नै पठाइएको कारण तथ्यांकमा भने ९ जना रहेको छ । तर, एकै व्यक्तिको स्वाब २ पटक परीक्षणमा गएको हुनाले यस्तो भएको हुनसक्ने पनि उनले बताए । ‘९ जनाको लिष्ट छ, तर एउटा नाम जुधेको कारण ८ जना मात्र हो कि भन्ने पनि छ, यसबारेमा हामीले बुझ्दैछौं,’उनले भने ।