धरान: पछिल्लो २४ घण्टामा धरानमा स्वाब लिइएका मध्ये ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
ती मध्ये ५ जना धरान १७ का समुदायका मानिसहरु हुन् । यस्तै, २ जना नेपाली सेनामा कार्यरत हुन् भने एक जना वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी नर्स र अर्का एक हेल्थ एडकी छोरी हुन् । धरानका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार वीपी प्रतिष्ठानको इर्मजेन्सीमा कार्यरत २५ बर्षीया एक स्टाफ नर्सलाई संक्रमण पुष्टि भएको छ ।
यसैरि, अर्का संक्रमित प्रतिष्ठानको सर्जरी युनिट वानमा कार्यरत एल्थ एडकी १९ बर्षीय छोरी हुन् । उनलाई लक्षण आएर वीपीको हेल्थ डेस्कमा स्वाब संकलन गरिएको थियो । यसअघि संक्रमण पुष्टि भएकी सर्जरी वार्डकी हेल्थ एडको क्लोज कन्ट्याकमा उनको आमा पनि रहेकी थिइन् । आमाको भने परिक्षण हुन बाँकी छ ।
यसैगरि, धरान १७ रेल्वेका एकै परिवारका ५९ बर्षीय वृद्धा, उनका छोरा, २ छोरीमा संक्रमण पुष्टि भएको छ । यस्तै, सोही परिवारको जेसिबि चालकलाई पनि संक्रमण देखिएको हो । यसअघि सोही परिवारकी एक महिला सदस्यलाई संक्रमण पुष्टि भएपछि कन्ट्याक ट्रेसिङ भएर एन्फामा स्वाब संकलन गरिएको थियो । उनीहरुको ५ जनामा संक्रमण पुष्टि भएको हो । साउन ७ गते स्वाब लिइएका नेपाली सेनाका २ जनामा पनि संक्रमण पुष्टि भएका छन् । उनीहरु विभिन्न क्वारेन्टिनमा सुरक्षार्थ खटिएकाहरु हुन् ।