विराटनगर: प्रदेश १ मा आज ८७ जना कोरोना संक्रमित थपिएका छन् ।
सबैभन्दा बढी सुनसरीमा ५६ जना छन् । यस्तै, मोरंगमा १५, झापामा १४ छन् भने पाँचथर र धनकुटामा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको इनरुवामा ४ महिला र २२ पुरुष छन् । इटहरीमा ३ महिला र १८ पुरुषमा संक्रमण पुष्टि भएको छ भने दुहवीमा ३ महिला र ४ पुरुष छन् । यस्तै, धरानमा १ र महिला १ पुरुष छन् ।
मोरंगको विराटनगरमा ३ महिला र ७ पुरुष, बेलबारीमा २ महिला र १ पुरुष छन् भने रतुवामाईमा २ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापाको दमकमा ३ महिला र ५ पुरुषमा संक्रमण देखिएको छ । बा¥हदशीमा १ महिला र ३ पुरुष छन् भने गौरीगञ्ज र कमल गाउँपालिकामा १–१ पुरुष छन् । उता, पाँचथरको फिदिममा १ पुरुष र धनकुटाको धनकुटा नगरपालिकामा १ महिलामा कोरोना संक्रमण देखिएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ५४ पुगेको छ ।
प्रदेश १ मा आज १४ जना डिस्चार्ज भएका छन् । वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १२ जना डिस्चार्ज भएका छन् भने कोभिड १९ आईसोलेसन केन्द्र, रंगेलीबाट २ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ६०३ पुगेको छ । प्रदेश १ मा आज १ हजार १७५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २१ महिला र ६६ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा आज सम्म ९० हजार १६५ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।