धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सहायक डिनमा डा.भावेश कोइराला नियुक्त भएका छन् ।
नियमावली, २०५५ को नियम १०.२५ को उपनियम (५) र (६) बमोजिम डा.कोइरालालाई सहायक डिन (परीक्षा) पदमा नियुक्त गरिएको प्रतिष्ठानले जनाएको छ । उनलाई आजदेखि लागु हुने गरी दुई बर्षका लागि सहायक डिनमा नियुक्ती गरिएको हो । डा. कोइराला फर्माकोलोजी विभागमा कार्यरत छन् । प्रतिष्ठानको डिन(शैक्षिक) पदमा यसअघि फरेन्सिक विभागका डा.शिवेन्द्र झालाई नियुक्ती गरिएको छ ।